Logo

चुनावमा सेना परिचालन हुने



काठमाडौं, २९ चैत्र । स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन हुने भएको छ । यसका लागि कानूनी प्रक्रियाहरु पूरा गरी तयारी भइसकेको छ ।

सेना परिचालनको मार्ग खोल्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिइसकेकी छिन् । उनले २४ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।

आज राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिक स्वीकृति प्रदान गरिएको जानकारी दिएका छन् ।

सरकारले चुनावमा नेपाल प्रहरी र त्यस अन्तर्गत १ लाख म्यादी प्रहरीका अलावा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय लिइसकेको छ । सेना परिचालनको पनि मार्ग खोलेर राखेको छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्