Logo

१६ वैशाखपछि धारामा मेलम्ची पानी



काठमाडौं, चैत ३०। सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्नेछ । वितरण प्रणालीमार्फत उपभोक्ताका धारामा पानी पठाइनेछ ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले मंगलबार सुरुङमा छाडिएको सुरुङमा पठाइएको प्रतिसेकेन्ड २ सय ६५ लिटर पानी काठमाडौं सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने बताएका छन् । सुन्दरीजलमा पानी आइपुगेको दुई दिनपछि वितरणका लागि तयार हुनेछ ।

यसरी तयार भएको पानी वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० गर्नेछ । केयूकेएलले तालिका बनाएर उपभोक्ताको धारामा पानी पठाउनेछ ।

अहिले ल्याउन लागिएको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको झन्डै ४० दिनपछि पुनः सुरुङमा पानी पठाउन बन्द गरिने योजना रहेको छ । सम्भवतः आगामी आगामी २५ जेठदेखि सुरुङमा पानी पठाउन बन्द गर्ने योजना रहेको छ ।

अहिले अस्थायी रूपमा मात्र पानी हालिएको र वर्षा सुरु भएपछि चार महिना पानी पठाउन बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत १ असारको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा गम्भीर क्षति पुगेको थियो । सो बाढीपछि काठमाडौं उपत्यकाका बासिन्दाले मेलम्चीको पानी पिउन पाएका छैनन् ।

१५ चैत २०७७ देखि काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा परीक्षणका रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । सुरुमा दैनिक ४ करोड लिटर पानी ल्याइएकोमा त्यसलाई बढाउँदै दैनिक ८ करोड लिटरसम्म वितरण गरिएको थियो ।

गत वर्षको १७ चैतदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी औपचारिक रूपमा वितरण गरिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखदेखि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गरिएको थियो । १७ चैतदेखि जेठ मसान्तसम्म उपत्यकावासीले मेलम्चीको पानी पिउन पाएका थिए ।

तर १ असारदेखि परीक्षणका लागि भन्दै मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन राति मेलम्ची नदीमा विशाल बाढी आएको थियो । बाढीसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । मेलम्चीको माथिल्लो भागदेखि आएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनको मुख्य स्थल हेडवक्र्समा क्षति पुग्नुका साथै बालुवा, ढुंगा, लेदो माटोयुक्त गेग्रा्यानले आयोजना स्थल पुरेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot