Logo

मावि तह शिक्षकको लाइसेन्स खुल्यो(सुचनासहित)



काठमाडौं, ३० चैत्र । शिक्षक सेवा आगोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र को लागि विज्ञापन खुलाएको छ । आयोगको हिजो बसेको बैठकले आजदेखि स्नातक उत्तिर्ण गरेका व्यक्तिहरुको लागि विज्ञापन खुलाउने निर्णय गरेको हो ।

आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)का लागि फारम भर्न बैशाख २९ गतेसम्म पाइने व्यवस्था गरेको छ । त्यस्तै, जेठ ५ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर योग्यता पुगेका व्यक्तिले फारम भर्न पाउनेछन् ।

मावि तहको लागि लाइसेन्सका वस्तुगत लिखित परीक्षा भने असार १८ गते बिहान ८ बजे हुने सुचनामा जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्