Logo

पोखरा महानगरमा कांग्रेस एक्लै बलियो छ, हामी जित्छौं : यज्ञबहादुर थापा (भिडिओसहित)



काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापाले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरु गठबन्धन गर्ने पक्षमा नै रहेको स्पष्ट पारेका छन् । उनले पोखरा महानगरपालिकाको हकमा भने गठबन्धन गरेपनि मेयरमा कांग्रेसले उम्मेद्धवारी दिने र विजयी हुने विश्वास दिलाए ।

आफूहरुले अहिलेको अवस्थामा पोखरामा कांग्रेसको अवस्था धेरै नै राम्रो रहेको तथ्य र तथ्यांक प्रधानमन्त्री एव्म सभापति शेरबहादुर देउवालाई बुझाएको पनि थापाको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसले हार्नेगरि गठबन्धन गर्न नहुने धारणा राखे । पोखरा महानगरपालिकामा कांग्रेस बलियो रहेकोले जित सुनिश्चित् रहेको उनको भनाई छ । पोखराको मेयर अरु पार्टीलाई दिन लागिएको हो कि भन्ने आशय र आतंकले आफूहरु काठमाडौं आएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्