Logo

माओवादी नफुटेको भए एमालेसँगको एकतामा हामी ६० प्रतिशत हुन्थ्यौं : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपामा हुँदा पूर्व एमालेका नेताहरुले अबको नेता प्रचण्ड भनेपछि नयाँ षड्यन्त्र सुरु गरिएको स्मरण गराएका छन् । उनले भने,‘आज एमलेका नेताहरुले भनेको सुन्नुभएको होला, केही समय रोकेको भए पूरै पार्टी खाईसकेको थियो, उनीहरुले भन्छन् । हामीले भन्नुपर्दैन् । यो भनाईभित्र केही कुरा छ । हामी समाजवादी क्रान्तिमा छौं ।’

आज (बिहीबार) पार्टीले माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले घण्टीमात्रै बजाएर बसेर क्रान्ति नहुने बताए । उनले भने,‘क्रान्ति त बाँगो÷टिंगो बाटो हुँदै जान्छ, त्यो हामीले लेनिनबाट पनि देखेको हो, माओबाट पनि देखेको हो, माक्र्स र एंगेल्सबाट पनि देखेको कुरा हो । इतिहासका तमाम अनुभावबाट देखेको हो । त्यसकारण मलाई के लाग्छ भने फेरि पनि परार हामीले एमालेसँग एकता गर्दा माओवादी यदि नफुटेको हुन्थ्यो भने, तपाई÷हामी सबै एकै ठाउँमा हुन्थ्यौं भने हामीले ६०/४० भनेर गरियो, त्यसो गर्न गर्नुुपर्दैनथियो, सायद ६० हाम्रो हुन्थ्यो र ४० एमालेको हुन्थ्यो भने पार्टी फुट्दैनथियो । र, हामी साँच्चै त्यो पार्टीलाई समाजवादतर्फ लिएर जान्थ्यौं । त्यसकारण एमालेका सबै खराब छन् भनेर पनि सोच्न हुँदैन् । एमालेभित्र हामीले अढाई वर्ष पसेर हेर्यौं नि, को को सच्चा रहेछन् भनेर ? ८० प्रतिशतभन्दा बढि त ईमानदार कम्युनिष्ट छन् । तर, लिडरसिप भनेको कि भन्छौं नि, नेतृत्व चाबीजस्तो, नेतृत्वले यति धेरै भ्रम दिएर राखेको छ । उनीहरुले नेतृत्वको बन्दी भएका छन् । हामीले तिनलाइ पनि मुक्त गर्नुछ, हामीले तिनको पनि नेतृत्व गर्नुछ । अलिक ठूलो सोचाई नराखिनक क्रान्ति त अघि बढ्दैन् ।’

आफूले नेकपामा हुँदा कार्यकारी अध्यक्षको रुपमा केन्द्रीय कमिटीको बैठक चलाएको स्मरण गराए । र, सबै नेता तथा कार्यकर्ताले आफूमा नेता देखेको पनि उनले सुनाए । उनले भने,‘मैले कार्यकारी अध्यक्षको नेतृत्व गर्दा बैठकपछि धेरै एमालेका साथीहरुले अब नेता भेटियो भन्नुभयो, त्यो भावनाको साथीहरु मैले सबै हेरें नि त्यहाँ, माओवादी एकता र आन्दोलनको उद्देश्य भनेको कम्युनिष्ट आन्दोलनको ध्रुवीकरण हो भन्ने बुझनुपर्छ । हामी माओवादी मिलेर मात्रै समाजवादी क्रान्तिक पूरा गर्न अलिक कठिन नै छ । त्यसैले आम देशभक्त शक्तिलाई र जनतालाई पनि एकताबद्ध गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्