Logo

विक्रम संवत् सँग जोडिएको नेपालीहरूको आत्मसम्मान र स्वाभिमान



नारायण प्रसाद ढकाल: विश्वमा अन्य संवतहरूको तुलनामा पुरानो संवत्, वैदिक संवत र व्यवहारिक संवतको रुपमा स्थापित संवत विक्रम संवत हो । यो संवत् सुर्य र चन्द्रमा सँग सम्बन्धित भएकोले यसको सम्पूर्ण गणना सुर्य र चन्द्रमाको आधारमा गरिन्छ ।

विक्रम संवतकाे इतिहासकाे बारेमा अनेकौं विचार र मतहरू पाइन्छन् यसलाई विवादित बनाएर इश्वी संवत् लागू गर्ने सड्यन्त्रबाट प्रभावित र विदेशीहरूकाे याेजनामा कार्य गर्ने केही तथाकथित आधुनिक बन्नेहरूले कमजोर बनाउने निरन्तर प्रयास गरिरहे पनि विक्रम संवत् विशेष गरेर आाधुनिक विज्ञान वैदिक गणित , वास्तु विज्ञान र ज्याेतिष विज्ञान पनि आवश्यक हुदैँ गएको र यसकाे बारेमा विस्तारै विश्वले अध्ययन अनुसन्धान प्रारम्भ भएकोले विक्रम संवतकाे महत्त्व दिन प्रतिदिन बढदै गईरहेकाे छ ।

विक्रम संवत् हाम्रो ऋषी महर्षी र वैज्ञानिकहरूले लामाे अध्ययन , अनुसन्धान र साधनाबाट निर्माण गरेकाे संवत् भएकोले याे संवत् काे महत्त्व दिन प्रतिदिन बढदै गईरहेकाे छ । विशेषगरी नेपालमा भएको राजनीति परिवर्तनमा विदेशी विचारहरू प्रभाव बढदै जाँदा यश संवतलाई कमजोर बनाउने र विदेशी संवत् लागु गर्ने प्रयासहरू पनि नभएका हाेइनन् तर नेपालमा बस्ने नेपालीहरू र विश्वभर छरिएर बसेका सनातन विचार चिन्तन, वैज्ञानिक विचार चिन्तन र विचारवान नागरिक हरूकाे आस्था, श्रद्धा , स्वाभिमान र संकल्पकाे कारण विक्रम संवतले आफ्नाे प्राकृतिक प्रभावलाई बढाउदै लगेकाे पाइन्छ ।

हामी नेपालीहरूकाे यश संवतलाई सरकारी मान्यताकाे मात्र रूपमा नलिई हाम्रो संस्कृति, स्वाभिमान र इतिहासकाे रूपमा आत्मा साथ गर्दै नयाँ पुस्तालाई यसकाे महत्त्व र गाैरव गर्ने वातावरण निर्माण गर्न विक्रम संवत् २०७९ सालकाे प्रारम्भलाई राष्ट्रिय पर्वकाे रूपमा मनाउनु आवश्यक छ ।
साथै आफ्ना वालवालिकाहरूलाई सानैदेखि संस्कार सिकाउदा नै उनिहरूमा आन्तरिक उर्जा र सकारात्मक विचारकाे विकास हुनेहुँदा वालवालिकाहरूलाई यश दिव्य कार्यमा सहभागी गराउदै  घरघरमा दीप बालाैँ वैशाख १ गते उदाउँदो सूर्यलाई जल चढाओैँ आफ्ना बालबालिकालाई पनि सहभागी गराओैँ । आफ्नाे संवत् विक्रम संवतलाई भव्यताकाे साथ मनाओैँ ।

विश्वमा रहेका सम्पूर्ण मानव समुदायलाई विक्रम संवत् २०७९ सालमा सुस्वाथ्य , दीर्घायू एव उत्तराेत्तर प्रगति र सफलताको हार्दिक मंगलमय शुभकामना ।
नेपाल आमाकाे जय !
( लेखक प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय संगठन सचिव हुनु हुन् )



प्रतिक्रिया दिनुहोस्

Screenshot