Logo

सिवाईसी नेपाल लघुवित्तको आजदेखि आइपीओ खुल्ला, कहिलेसम्म आवेदन दिन पाइने ?



काठमाडौं, २ बैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आज सर्वसाधारणका लागि आइपीओ जारी गरेको छ । संस्थाले आजदेखि १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निश्काशन तथा विक्री खुला गर्ने भएको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुलमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारी, ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफा ८ गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

संस्थाको आईपीओमा छिटोमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा सबै आइपीओ विक्री नभएको खण्डमा बैशाख १६ गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्