Logo

चुनावमा परिणाम देखाउने गरी केन्द्रीत होऔ : प्रचण्ड



काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन आजको बैठकमा छलफल भइरहेको जनाइएको छ ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गरेका छन् । प्रचण्डले सबै पार्टी पक्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका हुन् ।

उनले परिणाम देखाउने गरी चुनावमा केन्द्रीत हुन समेत आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot