Logo

अमेरिकाबाट फेरि अर्को अनुदान



काठमाडौं, २ वैशाख । अमेरिकाले नेपाललाई फेरि अनुदान रकम दिने भएको छ । अनुदान लिनेबारे मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले स्वीकृति दिने निर्णय समेत गरेको छ ।

अमेरिकाले दिने भनिएको अनुदान यूएसआइडीले प्रस्ताव गरेको हो । अनुदान ६५ करोड ९० लाख डलर अर्थात् झण्डै ८० अर्ब नेपाली रुपैयाँ हो ।

यसअघि अमेरिकाको विकाससम्बन्धी परियोजना एमसीसी संसदबाट पारित भएको थियो । उक्त परियोजना ५० करोड डलर हो ।

पछिल्लो समय अमेरिकाले नेपालमा सहयोगमा जोड दिइरहेको छ । यसलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot