Logo

माधव नेपालले जारी गरे स्थानीय तहको निर्वाचनबारे भिडिओ सन्देश, एमालेबाट विद्रोह गर्नुको तथ्य पेश गर्न अपिल (भिडिओसहित)



काठमाडौं, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनबारे भिडिओ सन्देश जारी गरेका छन् । मिडियासेट नेपाल नामक युट्युब च्यानलमार्फत अध्यक्ष नेपालले भिडिओ सन्देश जारी गरेका हुन् ।

उनले स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टी उच्च मनोवलका साथ महान निर्वाचनमा होमिएको सुनाए । उनले पार्टीका नीति तथा कार्यक्रमलाई आत्मसात् गरेर जनताको माझ पुर्याउन पनि अपिल गरेका छन् ।

उनले एमालेबाट किन विद्रोह गर्नुपर्यो र यो नयाँ पार्टी बनाउनुपर्यो ? भन्नेपनि जनतासामू प्रष्ट पार्नुपर्ने बताए ।उनले एमालेबाट विद्रोह गर्नुको कारण र तथ्य पेश गर्न आग्रह गरेका छन् । उनले विरोधीहरुले लगाउने झुटा आरोपलाई चोटिलो जवाफ दिनपनि नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्