Logo

कांग्रेसले पोखरामा मेयरसँग २५ र उपमेयरका आकांक्षीसँग २० हजार लिँदै



पोखरा, ४ बैशाख । नेपाली कांग्रेस पोखरा महानगर कमिटीले मेयरका आकांक्षीलाई २५ हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ । केन्द्रले गरेको सर्कुलर विपरित महानगरले चर्को शुल्क लिएको हो ।

समितिले उपमेयरको उम्मेदवारी दर्ताको लागि २० हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ । तर कार्यसमितिले भने उक्त दर्ता शुल्क नभई पार्टीलाई सहयोग होस् भनेर लिएको जनाएको छ ।

महानगरमा मेयरका लागि १० जना भन्दा बढी उपमेयरमा झन धेरै आकांक्षी रहेका छन् । आजसम्म मेयर र उपमेयरका लाग आज अपरान्ह ४ बजेसम्म नाम टिपाउन समय तोकिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्