Logo

सत्ता गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरमा सिट बाँडफाँटको टुँगो लगाउने



काठमाडौं, ४ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे गृहकार्य सुरु भएको छ ।

गठबन्धनको आज बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा सिटको बाँडफाँटबारे छलफल गरेको थियो ।

महानगर र उपमहानगरमात्रै केन्द्रले सिटको टुँगो लगाउने गठबन्धनमा सहमति भएको छ ।

सोहीअनुसार गठबन्धनले भोलि (सोमबार) सम्म महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने भएको छ ।

गठबन्धनमा अहिले चुनावी तालमेल पेचिलो विषय बनेको छ ।

कांग्रेसमा भने ६ वटै महानगरमा पार्टीले नेतृत्व छाड्न नहुने मत पनि देखिएको छ ।

तर, सभापति शेरबहादुर देउवाले भने सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर नै जानुपर्ने मत राखेका छन् ।

भोलिसम्म गठबन्धनबीच महानगर र उपमहानगरको सिट बाँडफाँटबारे टुँगो लाग्ने नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्