Logo

एमाले ललितपुर महानगरमा ब्यन्जनकारसहित ११ वडाअध्यक्ष सर्वसम्मत चयन



काठमाडौं, ४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर महानगरपालिकाका १० वडामा वडाध्यक्ष सर्वसम्मत चयन गरेको छ ।

एमाले महानगरले मेयरमा हरिकृष्ण ब्यन्जनकार र उपमेयरमा मञ्जली शाक्य (आस्था)लाई सर्वसम्मत सिफारिस गरेको हो । ब्यन्जनकार गत स्थानीय तहको चुनावमा २ चिरीबाबु महर्जनसँग २ सय मतले पराजित भएका थिए ।

शाक्य यस अघिको चुनावमा उम्मेदवारी बनेपनि अन्तिममका मतदाता नामावलीमा नाम नभेटेपछि पछि सरेकी थिइन् । उनी माओवादीबाट एमालेमा गएकी हुन् ।

एमालले वडा नं ४– नारायण केसी, वडा नं ५– विकासमान श्रेष्ठ, वडा नं ६– यसकुमार शाक्य, वडा नं ९ – शुक्रराज महर्जन, वडा नं १०– नरसिंह ब्यन्जनकार, वडा नं १६– शुप्रभा शाक्य, वडा नं १७– बिनोद महर्जन, वडा नं १८– दामोदर खड्का
वडा नं २१– ज्ञानभक्त डंगोल, वडा नं २८– रत्न महर्जन, वडा नं २९– गणेश महर्जनलगायतलाई सर्वसमम्मत चयन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्