Logo

कांग्रेसको युवा प्रचार केन्द्रीय नेटवर्कमा रोजन बानियाँ मनोनित



काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका युवा नेता रोजन बानियाँ कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समिति अन्र्तगतको युवा प्रचार केन्द्रीय नेटवर्कको सदस्यमा मनोनित भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित समितिमा तनहुँ बन्दिपुरका युवा नेता बानियाँलाई मनोनित गरिएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा छ ।

नेटवर्कले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा अन्य मतदातामाझ सार्वजनिक गराउन भूमिका खेल्ने उप समितिका संयोजक एवं केन्द्रीय सदस्य भट्टराईले बताए । नेटवर्कले स्थानीय निर्वाचनमा सक्रिय भएर काम गर्ने उनले बताए ।

समितिमा तनहुँबाट बानियाँसँगै, रविन पौडेल, पुरुषोत्तम खनाल, विवेक भट्टराई, सन्तोषराज अर्याल र अनिल भट्टराई पनि सदस्य मनोनित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot