Logo

सर्वोच्चद्धारा आशिष मिश्रको जमानत खारेज, एक साताभित्र आत्मसमर्पण गर्नुपर्ने



एजेन्सी, ५ बैशाख । केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र उर्फ टेनीका छोरा तथा लखिमपुर खेरी हिंसा काण्डका मुख्य अभियुक्त आशिष मिश्रलाई आज ठूलो झट्का लागेको छ ।

भारतको सर्वोच्च अदालतले आशिष मिश्रको जमानत खारेज गरेको छ । उनीहरुले एक साताभित्र आत्मसमर्पण गर्नुपर्छ । गत वैशाख ४ गते सबै पक्षको बहस सुनेपछि सर्वाेच्च अदालतले सुनुवाइ सकेर फैसला सुरक्षित राखेको थियो ।

मिश्रालाई इलाहाबाद उच्च अदालतले जमानत दिएको थियो, जसलाई अब सर्वोच्च अदालतले खारेज गरिसकेको छ। सर्वोच्च अदालतले इलाहाबाद उच्च अदालतले पीडित पक्षको ख्याल नगरेको बताएको छ। पीडित पक्षको सुनुवाइ भएन । फैसला सुनाएपछि अदालतले मुद्दालाई नयाँ सुनुवाइका लागि इलाहाबाद उच्च अदालतमा पठाएको छ।

प्रधानन्यायाधीश एनभी रमना, न्यायधीश हिमा कोहली र न्यायाधीश सूर्यकान्तको इजलासले धरौटी खारेजको निवेदनमा उक्त फैसला गरेको हो । जमानत दिने उच्च अदालतको निर्णयलाई हिंसामा मारिएकाका परिवारले चुनौती दिएका छन् । त्यसैगरी न्यायाधीश रमनाको इजलासले सबै पक्षको तर्क सुनी वैशाख ४ गते नै फैसला सुरक्षित गरेको थियो ।

अर्कोतर्फ, सर्वोच्च अदालतले सुनुवाइका क्रममा एफआईआर र पोस्टमार्टम रिपोर्टमा ’असान्दर्भिक’ जानकारीलाई अभियुक्त आशिष मिश्रलाई जमानत दिने आधार मानिएको उच्च अदालतको निर्णयमा पनि आपत्ति जनाएको थियो।

 



प्रतिक्रिया दिनुहोस्