Logo

पोखरामा कांग्रेस र समाजवादी दुवैले दाबी छाडेनन्, कांग्रेसले गर्यो तालमेल टुटेको घोषणा



पोखरा, ५ बैशाख । पोखरा महानगरको मेयर लगायतका पदमा सत्ता गठबन्धनका दुई दलबीच तालमेल टुटेको छ । मुख्य पदमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले आफ्नो दाबी नछाडेपछि कांग्रेसले समाजवादीसँग तालमेल टुटेको घोषणा गरेको हो ।

कास्की कांग्रेसले एक विज्ञप्ती जारी गर्दै समाजवादीको अस्वभाविक दाबीको कारण सहमति जुट्न नसकेको उल्लेख गरेको छ । कांग्रेसले नेकपा समाजवादीसँगको गठबन्धन टुटेको भन्दै समाजवादीसँग मैत्रिपुर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेको समेत जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्