Logo

किन मोदीको महिला मतदाताको मन जिते ?



एजेन्सी, ६ वैशाख । ‘हरेक सफल मानिसका पछाडि महिलाको हात हुन्छ,’ यो भनाई चल्तीमा छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको सफलताका पछाडि करोडौं महिलाहरु छन् ।

नयाँ अध्ययनले फेब्रुअरी र मार्च महिनामा भएको पाँच राज्यमा भएको चुनावमा चारमा जित्दा पुरुषले भन्दा महिलाहरुले भाजपालाई मत दिएको देखाएको छ । जसमध्ये सबैभन्दा बढी जनसंख्या रहेको उत्तर प्रदेश पनि पर्दछ ।

भारतमा सन् १९६२ मा महिला र पुरुष मतदाताको अलग बुथ राखेर गणना गर्न थालिएको छ । विगतमा बढी महिलाहरुले कँग्रेस आईलाई मतदान गरेको तथ्यांक थियो । सन् २०१९ मा भाजपालाई पुरुषभन्दा बढी महिलाले मतदान गरेको उल्लेख छ ।

भारतमा बलात्कारका घटनाहरु चर्चामा आउने गरेको छ । अर्कोतर्फ, नागरिकतासम्बन्धी कानूनविरुद्ध महिलाहरु असन्तुष्ट भई प्रदर्शन पनि गर्न पुगे । तैपनि, भाजपाले महिलाको बढी मत लिन सक्यो । यसको मुख्य कारण नै मोदी रहेको दिल्ली केन्द्रित थिंक ट्यांक सीएसडीएसका सञ्जय कुमारले बताएका छन् ।

भाजपाले सन् १९८० मा महिला विंग स्थापना गरेको थियो । भाजपामा महिलाहरु शक्तिशाली पदमा पनि पुगे । उनीहरुले महिलाको मुद्दालाई जोडतार उठाए । विगतमा पुरुषको प्रभाव बढी रहेको भाजपामा महिलाहरु महत्वपूर्ण पदमा पुगे ।

प्रधानमन्त्री भएपछि मोदीले पहिलोपटक गरेको सम्बोधनमा भ्रुण हत्या, बलात्कारको भत्र्सना गर्दै अभिभावकलाई आफ्ना छोराहरुलाई राम्ररी हुर्काउन भनेका थिए । उनले महिलाको विषयमा महत्वपूर्ण अभिव्यक्ति दिने गरेका छन् । मोदीले माताप्रति निकै सम्मान गर्ने गरेको र महिलाप्रति पनि उतिनै आदरभावको व्यवहार गर्ने गरेकाले पनि मत जित्न सके ।-बीबीसीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्