Logo

भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति



एजेन्सी, ६ वैशाख । भारत सरकारले मनोज पाण्डेलाई नयाँ प्रधानसेनापतिका रुपमा नियुक्त गरेको छ । उनले १ मईबाट कार्यभार सम्हाल्नेछन् ।

लेफ्टिनेन्ट जनरल पाण्डे भारतीय सेनाका उपसेनापति छन् । उनी इन्जिनियरिङ पृष्ठभूमिबाट भारतको सेनापति बन्ने पहिलो सैनिक अधिकृत हुनेछन् । भारतमा प्राविधिक क्षेत्रबाट पहिलोपटक स्थल सेनाको सेनापति बनाउने निर्णय मोदी सरकारले गरेको हो । यसअघि सेनामा तेस्रो वरियतामा रहेका विपिन रावत सेनापति बनाइएका थिए ।

सन् १९८२ मा भारतीय सेनाको इन्जिनियरिङ बाहिनीबाट सेवारम्भ गरेका थिए । उनी भारतको संसद भवनमा भएको आक्रमणपछि पाकिस्तानसँगको द्वन्द्वमा अपरेशन पराक्रममा सहभागी थिए । बेलायतको स्टाफ कलेजमा तालिम लिएका उनले विभिन्न सैनिक तालिम लिएका छन् ।

३९ वर्ष सैनिक सेवामा रहिरहेका उनी जटिल खालको हिमाली कमाण्डमा समेत सहभागी भएको उल्लेख छ । संयुक्त राष्ट्रसंघको मिसन अन्तर्गत इथियोपिया र इरिट्रियामा मुख्य इञ्जिनियरका रुपमा सेवा गरेका थिए ।

अन्डामान एन्ड निकोबारको कमाण्डर र पूर्वी कमाण्ड समेत सम्हालेका थिए ।



प्रतिक्रिया दिनुहोस्