Logo

गठबन्धनमा खैलाबैला मच्चिएपछि पोखराका कांग्रेस नेताहरु काठमाडौं आउँदै



काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न कास्कीका नेताहरु काठमाडौं आउने भएका छन् ।

सभापतिले काठमाडौं बोलाएपछि नेताहरु यज्ञबहादुर थापा, जिल्ला सभापति किशोरदत्त बराल र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायत नेताहरु काठमाडौं आउने भएका हुन् ।

पोखरा महानगरसहित स्थानीय तहहरुमा सत्ता गठबन्धनको साझा उम्मेदवार चयन गर्न सकिरहेको छैन् । सत्ता गठबन्धनकै दल नेकपा (एकीकृत समाजवादी)सँग चुनावी तालमेल हुन नसक्ने भन्दै विज्ञप्ती जारी गरेको थियो ।

पछि कास्कीका सभापति किशोरदत्त बरालले अर्को विज्ञप्ती जारी गर्दै सचिवद्धयले जारी गरेको विज्ञप्ती आधिकारीक नभएको स्पष्ट पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्