Logo

निलम्बित गर्भनर अधिकारीको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा



काठमाडौं, ६ बैशाख । निलम्बन कारबाहीविरुद्ध गर्भनर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आज प्रारम्भिक सुनुवाई आज हुनेछ । अधिकारीको रिट सुनुवाईका लागि आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलास तोकिएको हो ।

अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले गैरकानुनी ढंगले जाँचबुझ आयोग गठन गरेको भन्दै उक्त प्रक्रिया खारेजीको माग गर्दै सर्वोच्च अदालतमा  रिट दर्ता गरेका थिए ।

अर्थमन्त्री शर्माले आफुलाई गर्भनर अधिकारीले असहयोग गरेको र अति गोप्य सुचना बाहिर पठाएको भन्दै गत चैत्र २४ गते निलम्बन गराएका थिए ।

शर्माले सर्वोच्चका पुर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायीक समिति समेत बनाएपछि अधिकारी स्वत निलम्बनमा परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्