Logo

शैलुङलाई पर्यटकीय हव बनाउन सकिने पर्यटनमन्त्री श्रेष्ठको दाबी



काठमाडौं । पर्यटकीय सम्भावना बोकेका गन्तव्य खोज्दै हिँडेका बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले शैलुङलाई बागमती प्रदेशकै पर्यटकीय हव बनाउन सकिने दाबी गरेका छन् । दोलखा जिल्ला शैलुङ गाउँपलिकास्थित पर्यटनको प्रचुर सम्भावना भएको शैलुङ पुगेका पर्यटनमन्त्री श्रेष्ठले शैलुङलाई बागमती प्रदेशको पर्यटनको हव बनाउन सकिने बताए ।

कलाकार मदनदास श्रेष्ठ, मन्त्रालयका सचिव मदन कोइराला, पर्यटन आयोजना प्रमुख विष्णु भण्डारीसहितको जम्बो टोली लिएर शैलुङ डाँडामा पुगेका उनी उक्त क्षेत्रलाई पर्यटकीय हव बनाउन इच्छुक भएका हुन् । शैलुङकै पुच्छर मेलुङका जन्मिएर ७ वर्षको उमेरमा काठमाडौं छिरेका मन्त्री श्रेष्ठले ४० कटेपछि मेलुङ र शैलुङ पुगेर उक्त क्षेत्रलाई पर्यटकीय हवका रूपमा विकास र विस्तार गरिने प्रतिबद्धता जनाएका छन् ।

‘शैलुङ स्वर्ग हो , यसलाई पर्यटकीय स्वर्गका रूपमा विकास र विस्तार गर्नुपर्छ’, मन्त्री श्रेष्ठले भने । बागमती प्रदेशले शैलुङलाई पर्यटकीय हवको रुपया विकास गर्न करोडौं लगानी गरिसकेको छ । पाहुनाका लागि गोलघर बनाउने काम अहिलेपनि प्रदेश सरकारको बजेटबाट भइरहेको छ । थप पूर्वाधार बनाएर शैलुङमा पर्यटन भित्र्याउन पर्यटनमन्त्री श्रेष्ठले उत्सुकता देखाएका छन् ।

शैलुङ पर्यटनको राजधानी बन्ने सम्भावना बोकेको ठाउँका रूपमा चर्चा हुँदै आएको छ । बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठले पनि त्यो कुराको महसुस गरेको हुनुपर्छ । शैलुङसँगै भिमेश्वर, जिरी, चरिकोट, मालु, मेलुङलगायतका ठाउँको पर्यटकीय सम्भावनाका विषयमा पनि उनले चासो राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot