Logo

वीर अस्पतालबाट फरार तिरुवा बुढानिलकण्ठबाट पक्राउ



काठमाडौं, ६ बैशाख । बलात्कारको मुद्दामा प्रहरीको थुनामा रहेका एक प्रतिवादी वीर अस्पतालबाट गत चैत्र २९ गते फरार भएका थिए । बिरामी भएको बहानामा अस्पताल ल्याइएका राजेश तिरुवा प्रहरीलाई आँखा छलेर फरार भएका थिए ।

सिन्धुपाल्चोकका इन्द्रावती का ४५ वर्षीय तिरुवा बुढानिलकण्ठबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । तिरुवाले प्यारालाइसिस भएको भनेपछि उपचारको लागि अस्पताल लगिएको थियो ।

अस्पतालबाटै उनी फरार भएका थिए । गत माघ १६ गते महिलालाई फकाएर आफ्नो घरमै लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्