Logo

भोजपुरमा गठबन्धनले यसरी ग¥यो स्थानीय तहको भागबण्डा, अरुण र आमचौकमा मित्रवत प्रतिस्पर्धा



काठमाडौं, ६ बैशाख । केन्द्रमा गठबन्धनबीच कुरा नमिलिरहेको अवस्थामा भोजपुरमा भने स्थानीय तह भागबण्डा गरिएको छ । कांग्रेसले जितेका स्थानीय तहको प्रमुख कांग्रेसले नै पाएको छ ।

त्यस्तै, माओवादीले जितेको स्थानीय तह माओवादीलाई नै छाडिएको छ । नेपाली कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाका अनुसार भोजपुरमा गठबन्धनको भागबण्डा दुंगिएको छ । भोजपुरमा रहेका ९ स्थानीय तहमध्ये ७ वटा र जिल्ला समन्वय समितिमा भागबण्डा गरिएको छ । अरुण गाउँपालिका र आमचोक गाउँपालिकामा गठबन्धनभित्रका दलहरूबीच मित्रवत र स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

भागबण्डा अनुसार भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र साल्पा सिलिछो गाउँपालिकाको प्रमुख÷ अध्यक्ष कांग्रेसको भागमा परेको छ । ती ४ वटै स्थानीय तहको उपप्रमुख माओवादी केन्द्रले पाएको छ । पौवादुङमा गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष भने नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । पौवादुङमा गाउँपालिका र रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकाको उपाध्यक्ष भने कांग्रेसले लिने सहमति भएको छ ।

जिल्ला समन्वय समितिको प्रमुख : जनता समाजवादी पार्टी नेपाल र उपाध्यक्ष नेकपा माओवादी केन्द्र पाउने गरी भागबण्डा मिलेको छ ।

यस्तो भोजपुर गठबन्धनको भागबण्डा
१) रामप्रसाद राई गाउँपालिका अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस
२) पौवादुङमा गाउँपालिकाभोजपुरमा
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस
३) हतुवागढी गाउँपालिका अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र
४) भोजपुर नगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उप–प्रमुख : नेकपा माओवादी केन्द्र
५) षडानन्द नगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उप–प्रमुख : नेकपा माओवादी केन्द्र
६) टेम्केमैयुङ गाउँपालिका
अध्यक्ष : नेकपा एकीकृत समाजवादी
उपाध्यक्ष : नेपाली कांग्रेस
७) साल्पा सिलिछो गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र
८) जिल्ला समन्वय समितिको प्रमुख : जनता समाजवादी पार्टी, नेपाल
उप प्रमुख : नेकपा माओवादी केन्द्र
९) आमचोक र अरुण गाउँपालिकामा गठबन्धनभित्रका दलहरूकाबीच मात्रै मित्रवत र स्वस्थ प्रतिस्पर्धा गर्ने । गठबन्धन दलहरूबाहिर गठबन्धन गरे पार्टीले सख्त कारबाहीको विषय बनाउने ।



प्रतिक्रिया दिनुहोस्