Logo

सत्ता गठबन्धनको बैठक : महानगरको भागबण्डा टुँगो लाग्यो, पोखरा माधव नेपालको पार्टीलाई



काठमाडौं, ६ बैशाख। सत्ता गठबन्धनमा ६ वटै महानगरको नेतृत्व कसले लिने भन्नेबारे भागबण्डा टुँगो लागेको छ । गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले ६ मध्ये तीन वटा महानगरको नेतृत्व गर्ने भएको छ भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले एक/एक महानगर पाएका छन् । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिने भएको छ ।

उता, भरतपुरमा भने माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको छ । त्यस्तै, पोखरा महानगरको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले पाएको छ भने वीरगञ्जको नेतृत्व जसपाले लिने भएको छ । उपमहानगरपालिकाको भागबण्डा भने आजै साँझसम्म लगाईने नेताहरुले जनाएका छन् ।

गठबन्धनमा पोखरा महानगरपालिकाको नेतृत्वलाई लिएर रस्साकस्सी परेको थियो । पोखराका कांग्रेस नेताहरुलाई बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बाध्यता बुझिदिन आग्रह गर्दै महानगरको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिनुपर्ने बाध्यता सुनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्