काठमाडौं, बैशाख ७ । सत्तारुढ गठबन्धनको बैठक आज पुनः बस्ने भएको छ । अहिले विहान ११ बजे बस्ने तय भएको बैठकबाट आज गठबन्धनले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिने तयारी गरेको छ । यस अघि मंगलबार बिहान २ बजेसम्म बसेको बैठकमा सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालबीच ६ महानगरमा भने मेयर पदमा भागबण्डा भइसकेको छ । जसअनुसार ६ मध्ये तीन महानगर काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगन्ज महानगर भाग परेको छ ।