Logo

चीन-पाकिस्तान आर्थिक कोरिडोरको ऊर्जा आयोजनामा समस्या बल्झियो



एजेन्सी, ७ वैशाख । चीन-पाकिस्तान आर्थिक कोरिडोर अन्तर्गतको ऊर्जा आयोजनामा थप ५० अर्ब पाकिस्तानी रुपियाँ लगानी गर्ने विषयमा समस्या आएको छ । पाकिस्तानको अर्थ मन्त्रालयले थप लगानी गर्न अस्वीकार गरेको छ ।

पाकिस्तानको वित्त महाशाखाले ५० अर्ब रुपियाँको प्रस्ताव अस्वीकार गरेको हो । यसबारे ऊर्जा महाशाखाले अर्थ मन्त्रालयलाई कारणहरुबारे पत्र समेत पठाएको छ ।

चीनले चीन पाकिस्तान आर्थिक कोरिडोका केही आयोजनाहरु अवरुद्ध पार्न खोजेको विषय समेत आएको छ । चीनको कतिपय आयोजनाहरुमा मूल्य अनुमान र सम्झौतासम्बन्धी विवाद बल्झिएको छ । चीनका आयोजनाहरुमा पाकिस्तानले तिर्नुपर्ने रकम बढेको विषय पनि आएको छ ।

पाकिस्तानका आयोजनाहरु चीनको बीआरआई अन्तर्गत पनि निर्माण भइरहेका छन् । पाकिस्तान चीनको ऋणमा परेको भन्दै गम्भीर संकट आउने खतरा पनि औल्याइएको छ । यसबीच पाकिस्तानले आर्थिक कोरिडोरमा ५० अर्ब लगानी रोकिदिएको छ ।

चीनले निर्माण गरिरहेका कतिपय पाकिस्तानका आयोजनाहरु विवादमा परेका छन् । स्थानीयको जमिन अधिकरणपछि प्रदर्शनहरु पनि हुन थालेका छन् । यसबीच पाकिस्तानमा नयाँ सरकार गठन हुनु र चीनको आयोजनामा अवरोध बढ्न थाल्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot