Logo

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउँदै



काठमाडौं, ७ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक भोलि नेपाल आउने भएका छन् । महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयसको टोली आगामी बैशाख ८ गते नेपाल आउने भएको हो ।

तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot