Logo

कैलालीमा चौधरीको पार्टीले अन्य दलसँग तालमेल नगर्ने



काठमाडौं, ७ बैशाख । कैलालीमा आगामी स्थानीय चुनावमा रेशम चौधरीले नेतृत्व गरेको पार्टी नागरिक उन्मुक्ति पार्टी एक्लै लड्ने भएको छ ।

जेल जीवन बिताइरहेका चौधरीको पत्नी रञ्जिता चौधरीको नेतृत्वमा स्थापना भएको उक्त पार्टीले चुनावमा कैलालीमा कुनै दलसँग तालमेल नगर्ने भएको हो । पार्टीले धनगढी, टीकापुर, लम्कीचुहा, भजनी तथा कैलारीमा उम्मेदवार टुंगो लगाएको छ ।

कैलारी गाउँपालिका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव क्षेत्र मानिन्छ । २०७४ सालको निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने नेपाली काँग्रेस दोस्रो दल रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्