Logo

उपमहानगरको भागबण्डा टुँगो लगाउन सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं, ७ बैशाख । स्थानीय तहको निर्वाचनमा उपमहानगरको भागबण्डा टुँगो लगाउन सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले ११ वटा उपमहानगरमा भागबण्डा लगाउने जनाईएको छ ।

हिजो राति अवेर ६ महानगरको टुँगो लगाएको गठबन्धनले आज उपमहानगरको टुँगो लगाउने जनाईएको छ ।

स्रोतकाअनुसार ११ उपमहानगरमध्ये कांग्रेसले नेपालगञ्ज, धनगढी, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान पाउने बताईएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले घोराही र जितपुर पाउने बताईएको छ ।

उता, नेकपा (एकीकृत समाजवादी) ले हेटौंडा उपमहानगर पाउने भएको छ।

जनकपुर उपमहानगरमा भने कांग्रेस र जसपाले दाबी प्रस्तुत गरिरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्