Logo

मन्त्री झाँक्रीले ऋषि धमलाको प्रशंसा गर्दै भनिन्–’तपाईँको क्यारेक्टर सिक्न पाए राम्रो हुन्थ्यो’ (भिडिओ)



काठमाडौं, ८ बैशाख । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ऋषि धमलाको खुलेर प्रशंसा गरेकी छिन् । उनले पत्रकार धमलाबाट धेरै सिक्नुपर्ने बताईन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्–‘त्यही भएर त तपाईँ लगभग नेपाली मिडियामा एउटा सिंगल पर्सन हो नि, तपाईँ सिंगल क्यारेक्टर हो । तपाईँ ईगो नभएको मान्छे हो, तपाईँ घृणा गर्ने मान्छेलाई पनि उत्तिकै सम्मान गर्ने मान्छे पनि हो । सायद, तपाईले जति मैले गर्नसक्ने भएको म यो भन्दा अझै राम्रो गर्न सक्थें होला । म त्यति टोलरेट गर्न सक्दिन् । तपाईँको क्यारेक्टर सिक्न पाए राम्रा हुन्थ्यो ।’

पत्रकार धमलाले तपाईँ मन्त्री भएपछि आलोचना निकै भएको छ नि ? भनेर सोधेको प्रश्नमा उनले भनिन्–‘हाम्रो समाज ईगोईस्टिक हो, मान्छेको सफलतामा भन्दा असफलतामा खुशी हुनेको जमात ठूलो छ । मान्छे सफल होला कि भनेर उसका राम्रा कामको पनि रिगार्ड गरिँदैन् ।’



प्रतिक्रिया दिनुहोस्