Logo

चाँगुनारायणको उपमेयरमा संगीता फुयाल आचार्यको चर्चा



काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसको तर्फबाट चाँगुनारायण नगरपालिकाको उपमेयरमा दाबी गर्नेको लर्को लागेको छ। उपमेयरमा दाबी गर्नेमा ७ महिला र १ पुरुष रहेका छन्।

उपमेयर पदमा दाबी गर्नेहरू मध्य संगीता फुयाल आचार्यको चर्चा बढी छ। अन्य दाबेदारहरू राजेश खड्का, सुभद्रा काफ्ले, रुपा थापा ,रेबति कार्की लगायतको पनि चर्चा पनि हुने गरेको छ ।

आचार्यले यसअघिको स्थानीय निर्बाचनमा अन्तिम अबस्थामा आएर टिकटको दाबी छाडेकी थिईन्। ५ बर्ष पछि आफ्नो पालो आईहाल्छ  भनेर अन्तिम अबस्थामा पछि हटेकी आचार्यलाई आसन्न निर्बाचनमा टिकट पाउन त्यति सहज भने छैन् ।

उनले निरन्तर काम गर्दै आएको र अघिल्लो पटक अरुलाई टिकट दिएको कारण पनि आफुले अहिले टिकट पाउने दाबी गर्दै आएकी छिन् । विद्यार्थी राजनीतिबाट आएकी आचार्यले विशेष गरी महिला नेतृ जन्माएको ईतिहास बोकेको क्याम्पस पद्यकन्या क्याम्पसबाट राजनीतिको सुरुवात गरेकी थिइन् ।

पद्म कन्या क्याम्पसको राजनीति गरेकै अबस्थामा २०६२/०६३ को जन आन्दोलनमा पनि होमिएकी थिइन् । जनआन्दोलनकी घाईते समेत उनी नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाण्डौको सदस्य भएकी थिइन् ।

आचार्यले नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघ जिल्ला कार्यसमितिको सहसचिब भएर काम गरिसकेकी छिन् । कांग्रेस नेतृ आर्चाय नेपाल महिला संघको केन्द्रीय सदस्यको उमेदबार भएर झिनो अन्तरले पराजय भएकी थिइन् ।

राजनीतिलाई पेशा होईन समाज सेवा हो भन्ने आचार्य महिला सशक्तिकरण र आयआर्जनमूलक तालिममा महिलाहरूलाई सहभागी गराउदै आएकी छिन्। नेपाल रेडक्रस सोसाईटी तथा अन्य सामाजिक संघसंस्थाका माध्ययमबाट समाजसेवामा क्रियाशिल रहेकी उनलाई चाँगुनारायण नगरपालिकाका धेरै जनताहरूले चिन्ने गर्छन्।

कानुनको विद्यार्थी नभएपनि उनी उपमेयरले हेर्नुपर्ने न्यायिक समितिको काम कारबाहीबारे जानकार छिन्। उनले टिकट पाएर जितेमा राजनीतिक आस्थाका कारण भेदभाब नगर्ने, सबैलाई न्यायको पहुँच पुरयाउने, जनतालाई हार र जितमा नपुरयाई प्रथम पक्ष र द्वितीय पक्षबीच वीनवीनको सिद्धान्त लागू गर्ने बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्