Logo

मालदिभ्समा सामाजिक सञ्जालमा ‘भारतविरोधी अभियान’ मा प्रतिबन्ध



एजेन्सी, ९ वैशाख । मालदिभ्समा ‘भारतविरोधी अभियान’मा प्रतिबन्ध लागेको छ । त्यहाँका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले बिहिबार इन्डिया आउट नाम दिइएको अभियानमा प्रतिबन्ध लगाउने गरी निर्देश जारी गरेका हुन् ।

सालिहले मालदिभ्सको राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै अभियानमा रोक लगाएका हुन् । उनले कुनैपनि मित्र राष्ट्रविरोधी अभियान चलाउन नपाउने गरी निर्देश नै जारी गरेका हुन् । उनले विदेशी मित्रराष्ट्र विरोधी अभियानविरुद्ध कानून नै बनाउने तयारी समेत गरेका छन् ।

केही महिना अघि मालदिभ्समा भारतका कूटनीतज्ञहरुलाई धम्की दिने गरी सामाजिक सञ्जालमा अभियान नै चलाइएको थियो । यस्तो अभियान सुरुमा पूर्व राष्ट्रपति अबदुल्लाह अमिनले नेतृत्व लिएका थिए । बुधबार मात्र ‘इन्डिया आउट’ ब्यानर नै लगाइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot