Logo

कार्ययोजना कार्यान्वयन नहुँदा व्यापार घाटा उच्च



काठमाडौं, बैशाख ९ । निर्यात प्रवद्र्धन गर्ने र व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यले तयार पारिएका रणनीति र कार्ययोजनाको कार्यान्वयन प्रभावकारी नहुँदा व्यापार घाटा घट्न सकेको छैन ।

वैदेशिक व्यापारमा भइरहेको उच्च घाटा कम गर्न स्वदेशी उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नुपर्ने आवश्यकता महसुस गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आधा दर्जन रणनीति बनाएको छ तर ती योजना अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन आउन सकेका छैनन् । कतिपयको त कार्यान्वयनको अवधि नै सकिएको छ ।

व्यापार घाटा न्यूूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५, नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६, नेपालमा क्षेत्रगत राष्ट्रिय निर्यात रणनीति (हाते कागज र कागजका उत्पादन, अलैँची, चिया र कफी), नेपाल टे«ड इन्ट्रिगे्रसन स्ट्राटेजी २०७३ र नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) मुख्य कार्ययोजना हुन् ।

एनटीआईएसले पहिचान गरेका स्वदेशी वस्तुको निर्यात बढाउने लक्ष्य लिएको भए पनि निर्यात बढ्न सकेको छैन । एनटीआईएसको समयावधि सकिएकाले अहिले पुुनरवलोकन भइरहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्