Logo

हेटौडामा निर्माणाधिन मदन र आश्रितको शालिक तोडफोड



हेटौडा, ९ बैशाख । मकवानपुरको हेटौडामा निर्माणाधिन जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरिएको छ ।

हेटौडा उ.म.न.पा–९मा दिव्यबाल उद्यान रहेको नेताहरुको शालिक अज्ञात समुहले तोडफोड गरेको हो ।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा भेटिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्