Logo

गरिबी र बेरोजगारीले काबुलका बासिन्दा सडकमा



एजेन्सी, ९ वैशाख । तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तान आर्थिक संकटमा झन् फसेको छ । त्यहाँ गरिबी र बेरोजगारी बढेको छ । भोकमरीले समस्याहरु ल्याउन थालेको छ ।

महिलाहरुलाई शिक्षा लिनबाट वञ्चित गरिएको । तालिवानले उग्र शैलीको शासन गरेर अफगानिस्तानलाई समस्याको दलदलमा पुर्याएका छन् ।

अफगानिस्तानमा गरिबी र बेरोजगारीले मानिसहरु सडकमा पुगेका छन् । भीखारीको संख्या इतिहासमै सर्वाधिक भएको तथ्यांक आएको छ ।

खारी नभएको सडक भेटिन छाडेको छ । अफगानिस्तान सरकारले भिखारी बढेको घटनाबारे अध्ययन नै गर्न लगाएको छ ।

कतिपयले घरमा खान केही नभएको भन्न थालेका छन् । कतिपय परिवारमा कमाउने सदस्य नै नभएको तथ्यांक छ ।

अफगानिस्तानमा साना उद्दोग बन्द भएका छन् । उत्पादन गर्ने कम्पनीहरु धमाधम बन्द भएका छन् । यसले बेरोजगारी आकाशिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot