Logo

संचारकर्मी सरोज कोइरालाको स्वर र संगितमा ‘पीडा’ सार्वजनिक (भिडियोसहित)



काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइरालाको स्वरमा सजिएको पीडा बोलको गीत आज सार्वजनिक भएको छ । गायक कोइरालाकै संगित रहेको सिताराम कोइरालले लेखेको गीत आज ओएसआर डिजिटल युटुबबाट सार्वजनिक गरिएको हो ।

राजेन्द्र बजगाईले संगित संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । काभ्रेको भकुण्डेबेसी र पाताले लेकको रमणीय ठाउँहरुमा छायाङ्कन गरिएको भिडियोको निर्देशन सरोज बरालले गरेका हुन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्क गरेका हुन् ।

सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कालाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् ।

दर्जनौ गीतमा स्वर दिइसकेका कोइराला अहिले प्राइम टाइम्स टेलिभिजनमा प्रस्तोता तथा वरिष्ठ समाचार बाचकको रुपमा कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्