Logo

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, महानगरका प्रमुख र उपप्रमुखमा उम्मेदवार छान्ने तयारी



काठमाडौं, बैशाख १० । शुक्रबार स्थगित भएको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले सत्ता गठबन्धनका दलबीच उम्मेदवारीका लागि सिट बाँडफाँड गर्दा आफ्नो भागमा परेका महानगरमा पार्टीका तर्फबाट उम्मेदवार छान्ने तयारी रहेको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिईएको छ ।

गठबन्धनका पाँच दलबीच भएको सहमतिअनुसार देशका जम्मा ६ महानगरमध्ये नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर परेका छन् भने नेकपा माओवादी केन्द्रलाई भरतपुर, नेकपा एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टी (जसपा) लाई वीरगन्ज दिइएको छ।



प्रतिक्रिया दिनुहोस्