Logo

लोसपाले मेयर र उपमेयरको उम्मेद्वार टुंग्यायो



जनकपुरधाम, बैशाख ११ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनकपुरधाम उपमहानगरमा मेयर र उपमेयरको उम्मेदवारको नाम टुंगो लगाएको छ ।

लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रीताकुमारी झाको नाम टुंगो लगाएको हो । लोसपाको केन्द्रिय कमिटी बैठकले मेयरका लागि चौधरी र उपमेयरमा मिश्रको सर्वसम्मत रूपमा नाम सिफारिस गरिएको छ ।

जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रिय कार्यालयको विस्तारित बैठकले टुंगो लगाइएको हो । यसअघि जनकपुरधामका उपमेयर रहेका मिश्रलाई पुनः उपमेयरका लागि नाम टुंगो लगाएको हो भने मेयरका अर्का आकांक्षी जानकी राम साहले पार्टी परित्याग गरेपछि चौधरी स्वतः सर्वसम्मत सिफारिस भएका हुन् ।

यसअघि गत २७ चैतमा बसेको लोसपा नेपाल धनुषाको नगरस्तरीय बैठकबाट आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नगरप्रमुखमा ५ जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्