Logo

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दाः ललितपुर महानगरपालिकामा कांग्रेस झिनो मतान्तरले विजयी



काठमाडौं, ११ वैशाख । २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका थिए । उनले निर्वाचनमा २४ हजार ६४२ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा दोस्रो ठूलो मत नेकपा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले प्राप्त गरेका थिए । उनले २४ हजार ३१६ मत प्राप्त गरेका थिए । गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस र एमालेका उम्मेदवारबीच मात्र ३२६ मतको फरक रहेको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१, स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत प्राप्त गरेका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा ललितपुरमा उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार गिता सत्याल विजयी भएकी थिइन् । उनले १९ हजार ८१९ मत प्राप्त गरेकी थिइन् ।

सोही निर्वाचनमा ललितपुरमा उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा (माआवादी केन्द्र)को उम्मेदवार हसिना शाक्यले १२ हजार ९७९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बाबुकाजी प्रधानले १० हजार ५४० र स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत प्राप्त गरेका थिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकामा कूल मतदाता १ लाख १२ हजार ९२३ जना रहेका थिए । कुल मतदातामध्ये ८७ हजार ४८ मत अर्थात ७७.१० प्रतिशत मत खसेको थियो । खसेकोमध्ये ७० हजार २४८ मत सदर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्