Logo

थप १३ जनामा कोरोना संक्रमण, २५ जना संक्रमण मुक्त



काठमाडौं, ११ वैशाख । पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ४ हजार २ सय ५५ जनामा कोरोना परिक्षण गर्दा १३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै २५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ८ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हालसम्म देशभर २ सय ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्