Logo

ललितपुरमा गठबन्धन टुट्यो, एसद्वारा महानगरमा उम्मेदवारी दर्ता



काठमाडौं, ११ वैशाख । ललितपुरमा गठबन्धन टुटेको हो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि नेकपा एकीकृत समाजवादी पार्टी ललितपुरमा गठबन्धनबाट बाहिरिएको हो ।

गठबन्धन टुटेपछि नेकपा एसले ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गरेको छ । मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार बनेका हुन् ।

नेकपा एसले महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिकामा मेयरको दाबी गरेको थियो । तर, माओवादी त्यसमा तयार नभएपछि कुरा नमिलेको हो ।



प्रतिक्रिया दिनुहोस्