Logo

मालदिभ्समा पनि श्रीलंकाको जस्तै आर्थिक संकट आउनसक्ने रिपोर्ट



एजेन्सी, १२ वैशाख । मालदिभ्समा पनि श्रीलंकाको जस्तै आर्थिक संकट आउनसक्ने रिपोर्ट सार्वजनिक भएको छ । कोभिड १९ को महामारीपछि पर्यटनमा आधारित अर्थतन्त्र भएका दुवै देशमा समस्याहरु आइरहेका थिए । तर, श्रीलंका भने ठूलो संकटमा परेको छ ।

दुई वर्षपछिको महामारीले मालदिभ्सको अर्थतन्त्र पुरानै अवस्थामा फर्किएको छ । तर, श्रीलंका जस्तै मालदिभ्सले चीनबाट ऋण लिएको छ । यही ऋणको भारले समस्या ल्याउन सक्ने रिपोर्ट मालदिभ्स भ्वाइसले सार्वजनिक गरेको छ ।

मालदिभ्सका पूर्व राष्ट्रपनि यमिनले समुन्द्रमाथि पुल र एयरपोर्टहरु बनाउन चीनसँग महङ्गो ब्याजमा ऋण लिएका थिए । यसको असर श्रीलंकामा परेजस्तो नपरेपनि खतरा भने रहेको मालदिभ्स भ्वाइसको रिपोर्टमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot