Logo

काबुल बम हमलामा इस्लामिक अतिवादी समूह आइएसले लियो जिम्मेवारी



एजेन्सी, १२ वैशाख । इस्लामिक अतिवादी समूह (आइएस) ले काबुलमा गत हप्ता ४० जनाको ज्यान जाने गरी भएको हमलाको जिम्मेवारी लिएको छ । मजारे सरिफ र सी डोकान मस्जिदमा भएको बिष्फोटमा आइएसले जिम्मेवारी लिएको हो ।

उत्तरी कुन्दुज प्रान्तमा पनि बिष्फोट भएको थियो । उक्त बिष्फोट एउटा मस्जिदमा प्रार्थना गरिरहँदा शुक्रबारको दिन भएको थियो । उक्त घटनामा ३३ बालिबालिकाको मृत्यु भएको थियो ।

अफगानिस्तानमा भएका हमलाहरुको संयुक्त राष्ट्र संघले भत्र्सना गरेको छ । राष्ट्रसंघले घटनामा मृत्यु हुनेहरुप्रति समवेदना पनि व्यक्त गरेको छ ।
अफगानिस्तानमा तालिवान सत्तामा आएपछि इस्लामिक अतिवादी समूह आइएसको प्रभाव पनि बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot