Logo

सिर्जना सिंहको प्रस्तावकमा हरिप्रभा खड्गी र नीलकाजी शाक्य



काठमाडौं, १२ बैशाख । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुखको उम्मेदवारी दर्ता गराएकी हु्न । उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थक नीलकाजी शाक्य रहेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै उनले  आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवा वर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताइन् ।

आजै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot