Logo

पूर्व डिआइजी गणेश केसीद्वारा काँग्रेस परित्याग



काठमाडौं, १२ वैशाख । नेपाली काँग्रेसमा सक्रिय पूर्वडिआइजी गणेश केसीले पार्टी परित्याग गरेका छन् । उनले आज काँग्रेस परित्यागको घोषणा गरेका हुन् ।

केसीले आजबाट नेपाली काँग्रेससँगको आफ्नो नाता अन्त्य भएको बताएका हुन् । उनले भने,‘आजबाट नेपाली काँग्रेससँगको मेरो राजनीतकि नाता आज यहींबाट अन्त्य गरेको छु ।’

पूर्व डिआइजी केसी महालक्ष्मी नगरपालिका ललितपुरका स्थायी बासिन्दा हुन् । उनी महालक्ष्मीमा काँग्रेसले माओवादीसँग गरेको गठबन्धनसँग असन्तुष्ट थिए ।



प्रतिक्रिया दिनुहोस्