Logo

रुसले औल्यायो आणविक युद्धको खतरा



एजेन्सी, १३ वैशाख । रुसले आणविक युद्धको खतरा औल्याएको छ । रुस आणविक युद्धको पक्षमा नभएको तर खतरा बढेको रुसी विदेशमन्त्री सेरगेई लाभरोभले बताएका छन् ।

लाभरोभले गएराति रसिया फष्ट च्यानलमा अन्तवार्ता दिदै आणविक युद्धको पक्षमा आफूहरु नरहेको तर कतिपयले यसको चाहना राखेको बताए । उनको स्पष्ट संकेत अमेरिकासहित पश्चिमा देशहरुप्रति थियो ।

आणविक युद्धको खतरा औल्याउँदै लाभरोभले भने, ‘खतरा गम्भीर खालको छ । यसलाई नदरअन्दाज गर्न मिल्दैन ।’

रुसले कृत्तिम रुपमा खडा गरिएको आणविक युद्धको खतरा हटाउन खोजेको तर्क गरे । उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्झौता गर्ने नाटक गरेर कलाकारिता गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot