Logo

विश्वकै वृद्धा तानाकाको ११९ वर्षमा मृत्यु



एजेन्सी, १३ वैशाख । विश्वकै वृद्धा काने तानाकाको मृत्यु भएको छ । उनको ११९ वर्षमा निधन भएको हो ।

सन् १९०३ मा जन्मिएकी तानाकाले एक सय वर्ष अघि विवाह गरेकी थिइन् । उनका चार सन्तान थिए ।

अन्तिम अवस्थामा उनी वरिष्ठ नागरिक राख्ने गृहमा बसेकी थिइन् । उनी बोर्ड गेम खेल्ने र चकलेट खाने गर्दथिन् ।

तानाकाले युवावस्थामा व्यापार गरेकी थिइन् । उनका नौजना दाजुभाई र दिदीबहिनी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot