Logo

कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने



काठमाडौं, १३ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका छन् ।

सक्रिय राजनीतिबाट सन्यास लिने बारे स्थानीय निर्वाचनलगत्तै निर्णय लिने घिमिरेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

कांग्रेस पुर्व केन्द्रीय सदस्य समेत रहेको घिमिरेले स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुलाई विजयीको शुभकामना समेत दिएका छन् ।

घिमिरे कांग्रेसको गत १४औं महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धप थापासँग जम्मा २ मतले हारेका थिए ।



प्रतिक्रिया दिनुहोस्