Logo

माओवादीबाट शान्नि त्रिवेणी गाउँपालिका–१ को वडाध्यक्षमा रमेश जैसीको उम्मेदवारी



कालिकोट, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कालिकोट शान्नि त्रिवेणी गाउँपालिका–१ को वडाध्यक्षमा माओवादीबाट युवा नेता रमेश प्रसाद जैसीले उम्मेदवारी दिएका छन् ।

सोमबार शान्नि त्रिबेणी गाउँपालिका को निर्वाचन कार्यालयमा पुगी वडा नम्बर १ को अध्यक्षमा जैसीले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले वडाका गरिब, निमुखा जनताको मुहार फेर्न, सडक, शिक्षा , स्वास्थ्य, रोजगार खानेपानीलगायतको अभाव हटाउने उद्देश्यले उम्मेदवारी दिएको बताए । साथै, उनले आफूले चुनाव जितेपछि जनताको चाहान अनुसार समग्र वडाको विकास गर्ने योजना अघि सारेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्