Logo

घोषणापत्रमा ओलीले गरेको टिप्पणीको जवाफ कांग्रेसले आज दिने



काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको जवाफ कांग्रेसले दिने भएको छ ।

ओलीले नेपाली कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ कांग्रेसका महामन्त्री तथा घोषणापत्रका संयोजक गगनकुमार थापाले दिउँसो १ बजे बत्तिसपुतलीमा हुने एक कार्यक्रमबाट दिन लागेका हुन् ।

आज अनुपम फुडल्याण्डमा स्थानीय निर्वाचन अभियान सम्बन्धि कार्यक्रमको आयोजना गरिएको छ। नेकपा एमालेका अध्यक्ष ओलीले हिजो सार्वजनिक कार्यक्रममा कांग्रेसको घोषणापत्रलाई लिएर ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।

पार्टीका प्रवत्ता प्रकाश शरण महतले ओलीले निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्